नियमित रिपोर्टिङ गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनपछि अबरुद्ध भएको ’रिपोर्टिङ’ पहिलेजस्तै नियमित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले बुधबार सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो।

 

यसअघि गत चैत १२ गते राष्ट्र बैंकले नियमित हुने रिपोर्टिङ अवस्था सामान्य भइ कार्यालय नियमित रुपमा खुलेको सात दिनभित्र रिपोर्टिङ गर्न भनेको थियो। यसले बैंकिङ क्षेत्रमा के कस्तो भइरहेको छ भन्ने थाहा नै नहुने अवस्था आएपछि पहिलेजस्तै नियमित रिपोर्टिङ गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव मूल्यांकन अध्ययन समेतको लागि वित्तीय क्षेत्रको तथ्यांकहरु नियमित उपलब्ध हुनु पर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी नियमित रिपोर्टिङ गर्न निर्देशन दिएको हो।

लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण सुरु Read Previous

लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण सुरु

स्वास्थ्य सामग्री ल्याउन आज निगमका २ जहाज चीन जाँदै Read Next

स्वास्थ्य सामग्री ल्याउन आज निगमका २ जहाज चीन जाँदै