काठमाडौं, ४ बैशाख । नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोवार कक्ष बैशाख १५ गतेसम्म नै बन्द हुने भएको छ ।
नेप्सेको बुधबार बसेको सञ्चालक समितीको बैठकले लकडाउनको अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय गरेको हो ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।
नेप्सेले भनेको छ, देशमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही बैशाख ४ गते देखि बैशाख १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
