कोरोना कोषमा प्राधिकरणको १ करोड सहयोग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

 

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिड-१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

 

सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए।

 

प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पुर्याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ ।

 

प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख ७ हजार सहयोग गरेको थियो ।

बिकेन एलपी ग्यास, भर्ने सिलिण्डर नभएपछि २५० बुलेट खाली गर्न सकिएन Read Previous

बिकेन एलपी ग्यास, भर्ने सिलिण्डर नभएपछि २५० बुलेट खाली गर्न सकिएन

अष्ट्रेलियामा नेपालको भिसालाई थप ६ महिना मान्यता Read Next

अष्ट्रेलियामा नेपालको भिसालाई थप ६ महिना मान्यता