अष्ट्रेलियामा नेपालको भिसालाई थप ६ महिना मान्यता

काठमाडौं । अष्ट्रेलियाले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको हो ।

 

कोरोना संक्रमणका कारण सृर्जित संकटका कारण सरकारले यस्तो निर्णय लिएको सूचनामा जनाएको छ । सोही निर्णयअनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले सूचना जारी गरेका छन्।

 

‘यस दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले सो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ,’ अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

कोरोना कोषमा प्राधिकरणको १ करोड सहयोग Read Previous

कोरोना कोषमा प्राधिकरणको १ करोड सहयोग

अर्थमन्त्री ज्यू ! व्यवसायीले आफ्ना चिल्ला गाडी बेचेर मजदूरको तलब दिँदैनन् Read Next

अर्थमन्त्री ज्यू ! व्यवसायीले आफ्ना चिल्ला गाडी बेचेर मजदूरको तलब दिँदैनन्