काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा ३ सय ८२ जना कर्मचारी माग गरेको छ । बैंकले ४ देखि ९ तहसम्मका लागि कर्मचारी माग गरेको हो ।
बैंकले नौं तहमा वरिष्ठ शाखा प्रमुख ८ जना, सातौं तहमा बरिष्ठ लेखापाल २२ जना कर्मचारी माग गरेको छ । यस्तै, सात तहको इन्जीनियर आइटीमा २०, पाँचौं तहको व्यवसाय सहायक १ सय ७ जना मागेको छ ।
पाँचौं तहको सिभिल ओभरसियरमा ५ जना, पाँचौं तहको एमआईएस सहायकमा १३ जना र बिराटनगर केन्द्रका लागि चौंथो तहको लेखापाल ६७ जना मागेको छ ।
भैरहवामा १०० र सुर्खेतमा ४ जना कर्मचारी माग गरेको छ । जुन प्रशासन लेखामा चार तहमा कर्मचारी माग गरिएको हो ।
इच्छुक व्यक्तिले ले साउन २० गतेभित्र आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ । बैंकको वेवसाइटमा गएर अनलाइनबाटै फारम भर्न सकिन्छ । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि एक हजार रुपैयाँसम्म तोकिएको छ ।
बैंकले विज्ञापनको विस्तृत विवरण आजको गोर्खा पत्रमा प्रकाशन गरिएको छ ।