काठमाडौं । देशभर लगातार परेको झरीले ८१ करोड २१ लाख ९२ हजार रुपैयाँ बराबरको क्षती भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यो महिना परेको लगातार झरीका कारण ८१ करोड रुपैयाँ बराबरको बाली क्षती पुगेको हो । पशुपंछी तर्फ २५ लाख ८० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
हालसम्म प्रदेश ३ मा भएको क्षतीको विवरण प्राप्त हुन सकेको छैन भने ६ र ७ नम्बर प्रदेशमा कुनै क्षती नभएको मन्त्रालयको दाबी छ । यस्तै प्रदेश ४ मा वर्षाका कारण नभई हावाहुरी तथा असिनाका कारण क्षती भएको जानकारी प्राप्त भएको विभागले जनाएको छ । प्रदेश नम्बर ५ मा भएको क्षतिको जानकारी आएको भएपनि पूर्ण विवरण प्राप्त हुन नसकेको मन्त्रालयको भनाई छ ।
हालसम्म खोटाङ, सुनसरी, मोरङ, झापा, भोजपुर, पाँचथर लगायतका जिल्लामा बाली क्षती भएको कृषि मन्त्रीका स्वककिय सचिव बोमलाल गिरीले जानकारी दिए ।
पाँचथर, मोरङ, सुनसरी, ओखलढुङ्गा, तेह्रथुम लगायतका क्षेत्रमा २४ घरधनीले आफु पशुपंछी गुमाउनु परेको छ । कुखुरा, माछा गाई, सुङगुर, बाख्रा लगायतका पशुहरु बगाएको मन्त्रालयले जानकारी दिएको छ ।