अब ५ केजीदेखि कै प्याकेटमा सिमेन्ट किन्न पाइने

काठमाडौं । अब सिमेन्टको बोरा मिनी प्याकमा समेत पाइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ५, १० र २५ केजीको बोरामा समेत सिमेन्ट बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको हो ।

 

यसअघि सिमेन्ट कम्पनीहरुले ५० केजीको बोरामा मात्र सिमेन्ट बिक्री गर्न पाउने व्यवस्था रहेकोमा अब भने साना प्याकेटमा पनि सिमेन्ट बिक्री गर्न पाउने भएका हुन् । ।

 

सरकारको यस निर्णयले थोरै सिमेन्ट आवश्यक पर्नेले ५० किलोकै बोरा किन्नु पर्ने वाध्यताको अन्त्य हुने र उपभोक्ताले राहत पाउने विभागको भनाई छ ।

 

पहाडी क्षेत्रमा खच्चरहरुलाई बोकाएर सिमेन्ट लानु पर्ने बाध्यता छ तर, खच्चरले एकै पटक ५० केजी सिमेन्ट बोक्न सक्दैन र बोरा खोलेर अर्कोमा खन्याउनु पर्ने अवस्था रहेको छ । यसको अन्त्यको लागि मिनी प्याकमा सिमेन्ट ल्याउन पाउने व्यवस्था गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले बताए ।

 

‘हामीले वयवसायीका लागि बाटो खुल्ला गरिदिएका छौँ, अब उनीहरुले चाहेमा ५, १०, २५ देखि ५० केजीसम्मका प्याकिङमा सिमेन्ट बनाउन सक्ने छन्,’ पुडासैनीले चाणक्यपोष्टसँग भने ।

 

नयाँ मापदन्ड आगामी आर्थिक वर्षदेखि लागु हुने र अब थोरै आवश्यकताका लागि सिमेन्ट किन्न बजार धाउने उपभोक्ताले पनि आफुले चाहे अनुसारको प्याकेटमा सिमेन्ट किन्न सक्ने उनले बताए ।

वर्षाले ८१ करोडको बाली नास, कहाँ कस्तो क्षती Read Previous

वर्षाले ८१ करोडको बाली नास, कहाँ कस्तो क्षती

यसरी छुट्याएको थियो केन्द्रीय बैंकले कमजोर र बलिया बैंक Read Next

यसरी छुट्याएको थियो केन्द्रीय बैंकले कमजोर र बलिया बैंक