काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ र १० दरका ६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन’ लाई दिएको छ।
नयाँ नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ। केन्द्रिय बैंकले ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न उक्त कम्पनीलाई जिम्मा दिएको हो।
कम्पनीसँग १० दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लाख ४० हजार ४०० र ५ दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९५ हजार ५०० मा सम्झौता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यसअघि राष्ट्र बैंकले गत जनवरी १४ मा सो नोटहरुको डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आह्वान गरको थियो। उक्त बोलकबोलमा न्यूनतम मूल्याङ्कनमा बोलपत्र पेश गर्ने चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिइएको हो।