निगमले गर्‍यो लकडाउनमा पनि ५ चार्टर्ड उडान

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले लकडाउनको समयमा पनि अन्तर्राष्ट्रिय उडान जारी राखेको छ । निगमले लकडाउन शुरु भए यता ५ वटा अन्तर्राष्ट्रिय चार्टड उडान गरेको हो ।

 

यीमध्ये तीन उद्धार उडान र दुई कार्गो उडान हुन् । निगमको वाइड बढीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट कोडिभ–१९ को १३ हजार केजी मेडिकल सामग्री ल्याएको थियो ।त्यस्तै चैत २० गते कोडिभ–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइड बडी जहाज ग्वाङ्जाओ उडउडेको थियो ।

 

त्यसैगरी चैत १९ गते निगमको वाइड बडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो ।

 

चैत २८ गते पनि निगमको वाइड बडी जहाजले जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडान भरेको थियो । जापान सरकारले निगमको वाइड बडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो ।

 

त्यस्तै आज ३४ भारतीय बोकेर दिल्ली गएको छ । निगमको वाइड बडी जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ ।

 

यसअघि चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहे पनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो । चीनबाट मेडिकल सामग्री ल्याउन व्यवसायीले वाइड बडी जहाज चार्टर्ड गरेका थिए । अन्तिम समयमा व्यवसायिकै कारण निगमले उडान रोक्नुपरेको थियो ।

 

वाइड बडी ए-३३० दुई र न्यारोबडी ए-३२० सिरिजको दुई थान जहाजबाट निगमले भारतका तीनसहित नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

यस्ताे छ कोरोना रोकथामका लागि सरकारले अपनाएकाे  ६ 'टी’ रणनीति Read Previous

यस्ताे छ कोरोना रोकथामका लागि सरकारले अपनाएकाे ६ 'टी’ रणनीति

१० दिनभित्र तीनै तहका सरकारको बैंक खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन Read Next

१० दिनभित्र तीनै तहका सरकारको बैंक खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन