१० दिनभित्र तीनै तहका सरकारको बैंक खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले १० दिनभित्र तीनै तहका सरकारको बैंक खाता अद्यावधिक गर्न निर्देशन दिएको छ।

 

राष्ट्र बैंकले संघ, प्रदेश र स्थानीय सरकारलाई खाता अद्यावधिक गर्न गत पुस २७ गते नै परिपत्र गरे पनि अहिलेसम्म अद्यावधिक नगरेपछि पुनः निर्देशन दिएको हो।

 

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई गत असोज १७ गतेबाट सरकारी खाता निर्देशिका २०७६ कार्यान्वयनमा ल्याएको थियो। उक्त निर्देशिकाबमोजिम संघ, प्रदेश र स्थानीय तहका विभिन्न समूहका खाता अद्यावधिक गर्न यसअघि २७ पुसमा परिपत्र गरेको थियो।

 

सोहीबमोजिम खाताहरू अद्यावधिक भए नभएको अनुगमन गरेर जानकारी गराउन महालेखा नियन्त्रकको कार्यालयले चैत २७ गते राष्ट्र बैंकलाई अनुरोध गरेको थियो।

 

त्यसैका आधारमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १० दिनभित्र सबै तहका सरकारका विभिन्न खाताहरू अद्यावधिक गरेर राष्ट्र बैंकको सरकारी लेखा विभाग र महालेखा नियन्त्रकको कार्यालयलाई जानकारी गराउन भनेको हो।

निगमले गर्‍यो लकडाउनमा पनि ५ चार्टर्ड उडान Read Previous

निगमले गर्‍यो लकडाउनमा पनि ५ चार्टर्ड उडान

विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा Read Next

विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा