 
			काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई ऋणको सावाँ र ब्याज बुझाउन साउन मसान्तसम्मको समय दिएको छ । देशभर बाढी पहिरो गएर असामान्य अवस्था सृजना भएको भन्दै उद्योगी व्यवसायीले कर्जाको साँवा ब्याज तिर्ने समय बढाउन माग गरेका थिए ।
ब्यवसायीले कम्तीमा १५ दिन यस्तो समयावधी माग गरेकोमा केन्द्रिय बैंकले साउन मसान्तसम्मको समय सिमा दिएको हो ।
‘उद्योगी व्यवसायी बाढी पहिरोको कारण समस्यामा परेका थिए । केन्द्रिय बैंकले कर्जा तिर्ने समयावधी बढाएर साउन मसान्त बनाएको छ, यसले व्यवसायीलाई केही सहज बनाएको छ’ नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने ।
केन्द्रिय बैंकको यस निर्णयले उद्योगी ब्यवसायीले कर्जा तिर्ने समयावधी थप एक महिना पाएका छन् ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                