 
			सिप्रदी ट्रेडिङ्ग प्रालि तथा भारत पेट्रोलियमले शनिबार काठमाडौंमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिप्रदीका अधिराज्य भरि रहेका अधिकारीक डिलरहरु सहभागी भएका थिए ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले स्वागत गर्दै आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट गरेका थिए । कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केट प्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट धेरै आशा पनि रहेको कुरामा जोड दिएका थिए । साथै सिप्रदीका उप महा प्रबन्धक रोशन कुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनिति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा नेपाल भरी रहेका सिप्रदी सँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिएका थिए ।
सिप्रदी, भारत पेट्रोलियमको ल्युब्रिकेन्टस्को लागि विगत १७ वर्ष देखि नेपालको एक मात्र आधिकारिक वितरक हो ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                