काठमाडौं । भाटभटेनी सुपर मार्केट प्रालिले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग गरेको छ ।
संघीय सरकारबाट सो प्रदेशको समन्वयका लागि जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगर मार्फत प्रालिले सो रकम सहयोग गरेको हो ।
मन्त्री मगरलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आइतबार २५ लाखको चेक हस्तान्तरण गरे ।