कोरोना कोषमा हिमालय एयरलाइन्सले दियो १ करोड

काठमाडौं । हिमालय एयरलाइन्सले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

 

एयरलाइन्सका तर्फबाट उपाध्यक्ष विजय श्रेष्ठले उक्त रकम बराबरको चेक आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

 

एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको जानकारी दिएको छ। उक्त रकमले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न, गरिब तथा विपन्न वर्गलाई राहत दिन लगायत काममा सहयोग पुग्ने एयरलाइन्सको विश्वास छ ।

सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीले दियो २५ लाख Read Previous

सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीले दियो २५ लाख

विश्वका करिब २२ हजार स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित Read Next

विश्वका करिब २२ हजार स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित