अर्घाखाँची सिमेन्टद्वारा प्रदेश ५ सरकारलाई ५१ लाख सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालीले प्रदेश ५ सरकारद्धार स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। कम्पनीका संचालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई चेक दिएका हुन्।

 

प्रदेश ५ का नागरिकको स्वास्थ्य रक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित व्यक्तिहरुको उपचारका लागि प्रदेश ५ सरकारले सो कोष खडा गरेको थियो।

 

कम्पनीका महाप्रबन्धक उद्धब कार्कीकले अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीकाका विपन्न वर्गलाई सहयोग गर्ने बताए। उनकाअनुसार सोमबार मंगलबार ती गाउँपालीकाको समन्वयमा करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री वितरण गरिनेछ।

 

महाप्रबन्धक कार्कीकाअनुसार परिवार सदस्य संख्याका आधारमा प्रतिघरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, आधा केजी तेल र १ थान हातधुने साबुन प्रदान गरिनेछ।

आर्थिक क्षेत्रलाई फर्केर हेर्दा २०७६ : पूर्वाधार निर्माणमा फड्को, आर्थिक समृद्धि यात्रामा कोरोनाको 'ब्रेक' Read Previous

आर्थिक क्षेत्रलाई फर्केर हेर्दा २०७६ : पूर्वाधार निर्माणमा फड्को, आर्थिक समृद्धि यात्रामा कोरोनाको 'ब्रेक'

सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीले दियो २५ लाख Read Next

सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीले दियो २५ लाख