काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको चैत २७ गते (बिहीबार) बसेको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिने निर्णय गरेको हो। योसँगै श्रेष्ठले अर्को ४ वर्षका लागि पुनः बैंकको नेतृत्व सम्हाल्नेछन्।
श्रेष्ठसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनी नेपाल व्यवस्थापन संघको अध्यक्ष छन् भने बीमा समितिमा समेत सञ्चालक समेत रहेका छन् ।