काठमाडौं । लकडाउनको समयमा पनि आफ्ना ग्राहकलाई सेवा दिन क्लास्सिक टेकले विशेष सावधानी अपनाएर सेवा दिन ‘कोभिड–१९ फाइबर टास्क फोर्स’ तयार गरेको छ ।
क्लास्सिकले लकडाउको समयमा अधिकांश मानिस घरमै हुने र इन्टरनेटको खपत अधिक हुने भएकाले केही समस्या आएमा तत्कालै मर्मत गर्नका लागि उक्त टास्क फोर्समार्फत सेवा दिन लागेको हो ।
क्लासिकको यस फोर्सले बैंक र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको क्लासिक टेकले जनाएको छ ।
क्लासिक टेकले टास्क फोर्सको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ । साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने विशेष सावधानिका उपायहरु बारेपनि सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ ।