एशियाली देशमा चामलको मूल्य आकाशियो, ७ वर्षयताकै महँगो

कोरोना भाइरसका कारण एशियाली देशहरुमा चामल र गहुँको मूल्य आकाशिएको छ । पर्याप्त आपूर्तिका बाबजूद भण्डारण अत्याधिक रुपमा भइरहेकाले चालमको मूल्य ७ वर्षयताकै उच्च मूल्यमा पुगेको छ ।

 

राइस एक्सपोटैर्स एसोसिएशनका अनुसार, चामलको मूल्य २५ मार्चदेखि १ अप्रिलका बीचमा १२ प्रतिशतले बढिसकेको छ । रोयटर्सका अनुसार, अप्रिल २०१३ पछि चामलको मूल्य सबैभन्दा उच्च स्तरमा पुगेको हो ।

 

इन्टरनेशनल पोटेटो सेन्टर एशियाका रीजनल डाइरेक्टरका अनुसार, कोरोनाका कारण अरु क्षेत्रजस्तै कृषि क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

 

विश्वमा आपूर्ति हुने चामलको ९० प्रतिशत उत्पादन एशियामा हुने गर्दछ । लकडाउनका कारण कामदारहरु नभएकाले भारतका चामल व्यापारीहरुले आपूर्तिको नयाँ कन्ट्रयाक्ट लिइरहेका छैनन भने भियतनाम सरकारले पनि आपूर्ति घटाएको छ । जसका कारण चामलको मूल्य तीव्र रुपमा बढ्न पुगेको हो ।

 

विश्वभरमा चामलको मात्र नभई गहुँको मूल्यमा पनि उछाल आएको छ । उत्तरी अमेरिका र यूरोप सहित कयौँ देशहरुमा लकडाउनका कारण गहुँको माग बढेको छ । यस्तोमा मार्चको दोस्रो हप्तामा गहुँको मूल्यमा १५ प्रतिशतको बढोत्तरी आएको छ ।

 

विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझै महँगो हुनेछ ।

-एजेन्सी

सरकारी कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बेच्न  शुरु, यसरी गर्नुहोस् अर्डर Read Previous

सरकारी कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बेच्न शुरु, यसरी गर्नुहोस् अर्डर

डलरको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो Read Next

डलरको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो