डलरको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो

काठमाडौं। विश्वव्यापी फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि डलरको भाउ आकाशिएको छ । अमेरिकी डलरको विनियम दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर भएको छ।

 

कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

 

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको विनिमय दर १२२ रुपैयाँ ५० पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत चैत ११ मा यस्तो विनिमय दर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

 

बिहीबारका लागि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ९० पैसा तोकेको छ । डलरको आधार मूल्य ११८ रुपैयाँ ३२ पैसा तोकेको छ।

 

लामो समय १११ देखि ११४ रुपैयाँको हाराहारीमा रहेको डलर पछिल्ला महिनादेखि निरन्तर उकालो लागेको छ ।

एशियाली देशमा चामलको मूल्य आकाशियो, ७ वर्षयताकै महँगो Read Previous

एशियाली देशमा चामलको मूल्य आकाशियो, ७ वर्षयताकै महँगो

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ... Read Next

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ...