आइतबारदेखि भरी ग्यास सिलिण्डर पाइने

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो ।

 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ । पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए ।

 

बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

 

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए ।

 

उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो ।

ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमााडैँ उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिण्डर ग्यास लिनै नमानेको जिकिर गर् ।

कोरोना विरुद्ध लड्न ट्वीटरका सीईओ डोर्सेको १ अर्ब डलर सहयोग Read Previous

कोरोना विरुद्ध लड्न ट्वीटरका सीईओ डोर्सेको १ अर्ब डलर सहयोग

सरकारी कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बेच्न  शुरु, यसरी गर्नुहोस् अर्डर Read Next

सरकारी कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बेच्न शुरु, यसरी गर्नुहोस् अर्डर