कोरोना विरुद्ध लड्न ट्वीटरका सीईओ डोर्सेको १ अर्ब डलर सहयोग

सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी १ अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।

 

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख छ ।

 

फोर्ब्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।

एनआईसी एशिया बैंकको वर्ल्ड र अर्बिट रेमिटसँग सहकार्य Read Previous

एनआईसी एशिया बैंकको वर्ल्ड र अर्बिट रेमिटसँग सहकार्य

आइतबारदेखि भरी ग्यास सिलिण्डर पाइने Read Next

आइतबारदेखि भरी ग्यास सिलिण्डर पाइने