कोरोना कोषमा गरिमा विकास बैंकको ३५ लाख सहयोग

काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरसको न्यूनीकरणका लागि सरकारी राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

विपतको घडीमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक प्रदेशका लागि ५/५ लाखका दरले कुल ३५ लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

 

उक्त रकमले कोरोना भाइरस संक्रमण रोकथामका साथै लकडाउनको कारण दैनिक उपभोग्य वस्तुको जोहो गर्न समेत धौधौ परिरहेको समुदायलाई खानाको व्यवस्था गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

लकडाउनका बाबजूद ९०० मेगावाटको अरुण तेस्रोमा काम शुरु Read Previous

लकडाउनका बाबजूद ९०० मेगावाटको अरुण तेस्रोमा काम शुरु

कोरोना विरुद्ध लड्न यस्तो छ सेनाको चुस्त व्यवस्थापन Read Next

कोरोना विरुद्ध लड्न यस्तो छ सेनाको चुस्त व्यवस्थापन