एनएमबी बैंकद्वारा १०० थान पीपीई प्रदान

काठमाडौं । जनकपुरस्थित एनएमबी बैंकले मुख्यमन्त्री लालबाबु राउतलाई १०० थान पीपीई प्रदान गरेको छ ।

 

कोरोना भाइरसको महामारीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सो बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झासहितको टोलीले आज मुख्यमन्त्री राउतलाई उनकै निवासमा सो सामग्री हस्तान्तरण गरेका हुन् ।

 

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा रामकेवल साहलगायतको उपस्थिति थियो ।

 

एनएमबी बैंकले उपलब्ध गराएका सामग्रीमा १०० थान गुणस्तरीय पीपीई, मास्क र जुत्तासहितको सेटका साथै सेनिटाइजरसमेत रहेको छ ।

ठेक्का आह्वानको म्याद आफैले चाहेजति थप गर्न सकिने Read Previous

ठेक्का आह्वानको म्याद आफैले चाहेजति थप गर्न सकिने

१९ चार्टर्ड उडानमार्फत विभिन्न देशले लगे आफ्ना ३ हजार नागरिक Read Next

१९ चार्टर्ड उडानमार्फत विभिन्न देशले लगे आफ्ना ३ हजार नागरिक