ठेक्का आह्वानको म्याद आफैले चाहेजति थप गर्न सकिने

काठमाडौं । सार्वजनिक निकायहरुले ठेक्का आह्वानको समय आफैले चाहेजति थप गर्न पाउने भएका छन् ।

 

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै सार्वजनिक निकायले बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउको पेश गर्ने अन्तिम मिति समाप्त नहुँदै आवश्यकता अनुसार समय थप गर्न सक्ने जनाएको हो ।

 

सरकारले वैशाख ३ गतेसम्म लकडाउन गरेका कारण सबै निकायले निर्धारित समयमै ठेक्का आह्वान गर्न नसक्ने भएपछि कार्यालयले यस्तो व्यवस्था गरेको हो ।

 

अब सार्वजनिक निकायले विद्युतीय खरिद प्रणालीमा सूचना प्रकाशन गरी आह्वान गरिएको ठेक्काको म्याद सकिए पनि आवश्यकता अनुसार आफैले ठेक्काको म्याद थप गर्न सक्ने भएका छन् ।

लकडाउनमा भरपर्दो सेवा दिन वर्ल्डलिंकले बनायो आइसोलेटेड समूह Read Previous

लकडाउनमा भरपर्दो सेवा दिन वर्ल्डलिंकले बनायो आइसोलेटेड समूह

एनएमबी बैंकद्वारा १०० थान पीपीई प्रदान Read Next

एनएमबी बैंकद्वारा १०० थान पीपीई प्रदान