लकडाउनमा भरपर्दो सेवा दिन वर्ल्डलिंकले बनायो आइसोलेटेड समूह

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले लकडाउनमा आफ्नो सेवालाई प्रभावकारी बनाउन आइसोलेटेड समूह स्थापना गरेको छ ।

 

आफ्नो सेवालाई भरपर्दो बनाउन देशभरका प्रत्येक शाखा कार्यालयहरूमा फिल्ड सपोर्टका कर्मचारी रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको वर्ल्डलिंकले जनाएको छ ।

 

कोरोनाबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरूका परिवारमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गदै वर्ल्डलिंकले शाखा कार्यालयमै सपोर्ट टिमका लागि खान बस्न व्यवस्था मिलाई सेवा प्रवाह गराउँदै आएको जनाएको छ ।

 

वर्ल्डलिंकले यस्तो अवस्थामा काममा खटिने कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ख्याल गरी समय-समयमा स्वास्थ्य जाँच गराउने, पीपीई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रबन्ध मिलाएको पनि जनाएको छ ।

कोरोना लागेको छ कि छैन मोबाइल एप्लिकेसनबाटै यसरी थाहा पाऔं Read Previous

कोरोना लागेको छ कि छैन मोबाइल एप्लिकेसनबाटै यसरी थाहा पाऔं

ठेक्का आह्वानको म्याद आफैले चाहेजति थप गर्न सकिने Read Next

ठेक्का आह्वानको म्याद आफैले चाहेजति थप गर्न सकिने