कोरोना लागेको छ कि छैन मोबाइल एप्लिकेसनबाटै यसरी थाहा पाऔं

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाको संक्रमण थाहा पाउन ‘नेपाल कोविड–१९ निगरानी प्रणाली’ मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ ।

 

आफू र आफू नजिक भएको व्यक्तिमा कोरोना संक्रमण छ कि छैन थाहा पाउन र भएको पत्ता लागे उपचारमा सहज पहुँच राख्न पनि यो प्रणाली प्रभावकारी हुने अनुमान गरिएको छ ।

 

‘मोबाइल एप्लिकेसन डाउनलोड गरिसकेपछि आफूलाई सजिलो लाग्ने भाषा छनौट गरौँ । त्यसपछि संक्रमणको अवस्था थाहा पाउन ‘त्रियाज परीक्षण’ गर्न थाल्नोस् । यस परीक्षणका लागि आफू वा आफू नजिक भएको व्यक्तिसँग कोरोना भाइरस संक्रमणको अवस्थाका बारेमा केही प्रश्नहरु छन् । ती प्रश्नहरुको ‘छ’ वा ‘छैन’ मा उत्तर दिनुपर्छ । प्रश्न आफूसँग सम्बन्धित ‘छ’ भने क्लिक गर्नुपर्छ, सम्बन्धित ‘छैन’ भने त्यतिकै छोड्न सकिन्छ ।

 

कोरोना भाइरसको लक्षण देखिएर तत्काल विशेषज्ञ सेवा लिनुपर्यो भने आपतकालीन नोट लेख्ने ठाउँ छ । त्यहाँ गएर तत्काल सेवा लिन सकिने व्यवस्था छ ।

 

यसमा सोधिने प्रश्नहरु कोरोना (कोभिड -१९) का लक्षणसँग सम्बन्धित विश्वव्यापी अभ्यासका आधारमा चिकित्सकहरुले तयार पारेका हुन् । प्रश्नहरुको उत्तर ड््यास बोर्डमा रहेका विशेषज्ञ र आपतकालीन स्वास्थ्यकर्मी डाक्टरकोमा पुग्ने छ । यही उत्तरहरुलाई ‘त्रयाज स्केल’ को आधारबाट संक्रमण भए नभएको वा छ भने कुन अवस्था (स्केल) मा छ भन्ने कुरा थाहा पाउन सकिने छ ।

 

त्रियाज परीक्षणका हरेक प्रश्नमा दिइएको अङ्क भारका आधारमा ‘कोभिड संक्रमण देखिँदैन’, ‘संक्रमणको सम्भावना कम छ’, ‘कोभिडको सम्भावना छ’ र ‘कोभिडको धेरै सम्भावना देखियो’ गरी ४ प्रकारका परिणाम आउँछन् । त्रियाज स्केल भनेको उपचारको क्रम निर्धारण गर्ने विधि हो । यसले कुन समुहलाई सबै भन्दा पहिला उपचार गर्नुपर्छ भन्ने निर्णय गर्न सहयोग गर्दछ ।

 

यस विधिको विकास चीनमा कोभिड भाइरस संक्रमितमा देखिएका लक्षण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको विज्ञ समूह ‘२५ इन्टरनेशनल एक्सपर्ट डब्ल’एचओ टिम फाइन्डिङ् अफ कोभिड -१९ सिम्प्टम्स इन चाइना’ बाट प्राप्त तथ्याङ्कको आधारमा नेपालका स्वास्थ्यकर्मीहरु डा. रमेशक’मार महर्जन र डा. रष्मिशा महर्जनले विकास गरेका हुन ।

 

यो विधि आपतकालीन स्वास्थ्य सेवा कोभिड-१९ को त्रियाज मानक (इमर्जेन्सी हेल्थ केयर कोभिड — १९ त्रियाज स्केल) लाई आधार मानेर विकास गरिएको छ ।

 

यस मानकबाट प्राप्त परिणामहरुमध्ये ‘कोभिड संक्रमण देखिँदैन’लाई नीलो रङ्गमा, ‘संक्रमणको सम्भावना कम छ’ लाई हरियो रङ्गमा, ‘कोभिडको सम्भावना देखिन्छ’ लाई पहेँलो रङ्गमा र ‘कोभिडको धेरै सम्भावना देखियो’ लाई रातो रङ्गमा संकेत गरिन्छ ।

 

यसको अर्को विशेषता भनेको विवरण विश्लेषण गर्न ‘ड््यास बोर्ड’मा विशेषज्ञ डाक्टरहरु हुन’ पनि हो । स्वास्थ्य विज्ञान र उपचार पद्धतिका आधारमा कुल ३१.३ अङ्कमा बिरामीको अवस्था छुट््याइन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्वास्थ्य स्थितिलाई एक दिनमा बिहान, दिउँसो र बेलुका विवरण दिन सूचित गरिने छ । यदि सामान्य अवस्था रहेछ भने सुरक्षित घरमै रहन अनुरोध गरिएको छ ।

 

प्रयोगकर्ताले भरेको विवरणका आधारमा यदि ० देखि १५.५ सम्म अङ्क प्राप्त भयो भने यो कोभिड नभएको अवस्था हो । यसलाई नीलो रङ्गले संकेत गरिन्छ । यसप्रकार परिणाम आएका प्रयोगकर्तालाई ‘नाकबाट फ्ल’ आएको भएपनि अरु प्रकारको फ्लु हुन सक्छ । पछिल्लो १४ दिनअघि बिदेशको भ्रमण गरेको वा संक्रमित कोही व्यक्तिको नजिक रहेको छ भने आफूलाई अलगै राख्न र चिकित्सकसँग सल्लाह गर्न सुझाव गरिएको छ ।

 

त्यस्तै १५.६ देखि १९.३ सम्म अङ्क प्राप्त भयो भने यसलाई हरियो रङ्गले संकेत गरिन्छ । यो भनेको कोभिड १९ संक्रमणको कम सम्भावना भएको अवस्था हो । यस प्रकारको परिणाम आएका प्रयोगकर्तालाई सजकताकालागि अलग्गै बस्ने र आफ्ना लक्षण सम्बन्धित विवरण भरेर दिनको ३ पटक अपडेट गर्न सुझाव दिइएको छ ।

 

१९.४ देखि २४.५ सम्म अङ्क प्राप्त गर्नेहरुलाई पहेलो रङ्ले संकेत गरिन्छ । यो भनेको संक्रमणको सम्भावना हो । सजगताकालागि अलगै बस्ने र आफ्ना लक्षणहरु दिनको ३ पटक भरेर पठाउन सुझाव दिइएको छ ।

 

रातो रङ्गले संकेत गर्ने परिणामका प्रयोगकर्ताले घाँटी र नाकको स्वाब परीक्षणकालागि तत्काल अस्पताल जानुपर्छ । त्रियाज परीक्षणमा २४.६ देखि ३१.३ सम्म अङ्क प्राप्त गर्नेहरु यस बर्गमा पर्दछन् । यस्ता बिरामीलाई भौगोलिक सूचना प्रणालीका आधारमा बसोबास गर्ने ठाउँ पत्ता लगाएर महानगरको सहयोगका सञ्चालन भएको एम्बुलेन्स सेवा १०२ लाई तत्काल पठाइन्छ र संक्रमणको जोखिममा रहेका व्यक्तिलाई परीक्षणकालागि अस्पताल पर्याइन्छ ।

 

यसरी एप्लिकेसन प्रयोगकर्ताले आपतकालीन स्वास्थ्य सेवामा काम गर्ने डाक्टरको परामर्श र आवश्यक भए एम्बलेन्स र अस्पतालसम्मको पहुँच प्राप्त गर्न सक्ने छन् ।यो प्रणाली गुगल को ‘प्ले स्टोर’ वा महानगरपालिकाको ‘वेबसाइट’ वा एनरेनको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

 

यस प्रणालीमार्फत भण्डारण भएका तथ्याङ्क तथा सम्बन्धित सूचना सम्बन्धि अधिकार महानगरपालिकासँग मात्र हुनेछ । यसमा बिरामीको गोपनीयतालाई सुरक्षित राखिनेछ ।

भारतद्वारा २४ प्रकारका औषधिको निर्यात फुकुवा (सूचीसहित) Read Previous

भारतद्वारा २४ प्रकारका औषधिको निर्यात फुकुवा (सूचीसहित)

लकडाउनमा भरपर्दो सेवा दिन वर्ल्डलिंकले बनायो आइसोलेटेड समूह Read Next

लकडाउनमा भरपर्दो सेवा दिन वर्ल्डलिंकले बनायो आइसोलेटेड समूह