भारतद्वारा २४ प्रकारका औषधिको निर्यात फुकुवा (सूचीसहित)

काठमाडौं । भारत सरकारले विभिन्न २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेको छ ।

 

विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै सिटामोल बाहेकका २४ प्रकारका औषधि र तिनको कच्चापदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेको हो ।

 

महानिर्देशनालयले भिटामिन बी–१, भिटामीन बी–६, भिटामिन बी–१२, ओरनिडाजोल, नियोमाइसिन, टिनिडाजोल, मेट्रोनिडाजोल, क्लोरामफेनिकल, इरिथ्रोमाइसिन लगायत २४ वटा औषधि निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

 

महानिर्देशनालयले पारासिटामोल र उक्त समूहमा पर्ने दुई प्रकारका औषधिको प्रतिबन्ध भने कायमै राखेको छ ।

 

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले गत मार्च ३ मा विभिन्न २६ किसिमका औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

भारतले प्रतिबन्ध फुकुवा गरेको औषधिहरु :

 

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Previous

३० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

कोरोना लागेको छ कि छैन मोबाइल एप्लिकेसनबाटै यसरी थाहा पाऔं Read Next

कोरोना लागेको छ कि छैन मोबाइल एप्लिकेसनबाटै यसरी थाहा पाऔं