काठमाडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते ३० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सकिनेछ ।
५ वर्षे अवधिको सो ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ भित्र हुनेछ ।