मेगा बैंकले दियो बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग जारी राखेको छ।

 

कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५/५ लाख रुपैयाँ सहयोग गरेको हो।

 

मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैयाँको चेक प्रदान गरे।यसैगरी, मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैयाँको चेक दिए।

 

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

 

सोहीअनुसार प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५/५ लाख रुपैयाँ प्रदान गरिसकेको छ।

लकडाउनको मौका छोपी दूध बोक्ने गाडीमा मदिरा ओसरपसार Read Previous

लकडाउनको मौका छोपी दूध बोक्ने गाडीमा मदिरा ओसरपसार

नवनियुक्त गभर्नरको पहिलो काम : कोरोना प्रभावको अध्ययन गर्न समिति गठन Read Next

नवनियुक्त गभर्नरको पहिलो काम : कोरोना प्रभावको अध्ययन गर्न समिति गठन