लकडाउनको मौका छोपी दूध बोक्ने गाडीमा मदिरा ओसरपसार

जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीले दुग्द्य सामग्री बोक्ने भनेर लेखिएको अटोमा मदिरा बोकेको पाइएपछि पक्राउ गरेको छ ।

 

प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटोलाई मदिरासहित नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त अटोमा रहेको करिब १४० लिटर मदिरा जफत गरेको छ ।

 

यसैगरी प्रहरीले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ ।

 

लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।

 

प्रहरीले ना४च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य सामग्रीहरु केही महङ्गो पर्न गएको कुरा साँचो हो  : गृहमन्त्री थापाको अन्तर्वार्ता Read Previous

स्वास्थ्य सामग्रीहरु केही महङ्गो पर्न गएको कुरा साँचो हो : गृहमन्त्री थापाको अन्तर्वार्ता

मेगा बैंकले दियो बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख Read Next

मेगा बैंकले दियो बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख