काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका
प्रधानन्यायाधिश चोलेन्द्र शमसेर राणाबाट पद तथा गोपनियताको सपथ गरे लगत्तै राष्ट्र बैंक पुगेर अधिकारी पदभार ग्रहण गरेका हुन् ।
गभर्नरको पदभार ग्रहण गर्दै नवनियुक्त अधिकारीले पहिलो काम स्वरुप अर्थतन्त्रमा पर्ने प्रभाव र राष्ट्र बैंकले चाल्नुपर्ने कदको लागि अध्ययन अगाडि बढाउन कमिटी गठन गरेका छन्।
उक्त कमिटि राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टको संयोजकत्वमा गठन गरिएको हो ।
कमिटिमा विदेशि विमिय व्यवस्थापन विभाग, नियमन विभाग,सुपरिभिजन विभाग, भुक्तानी प्रणली विभाग, बैंकर्स संघका प्रतिनिधि रहेका छन्। उक्त कमिटिमा आवश्यकता अनुसार अन्य विज्ञहरु समेत सदस्यका रुपमा राख्न सकिने बताइएको छ ।