कालोबजारी आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं । कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

 

मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो।

 

उनलाई ५  हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । अग्रवालको साथबाट ६६ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ ।

 

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

 

उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।

नवनियुक्त गभर्नरको पहिलो काम : कोरोना प्रभावको अध्ययन गर्न समिति गठन Read Previous

नवनियुक्त गभर्नरको पहिलो काम : कोरोना प्रभावको अध्ययन गर्न समिति गठन

अस्ट्रेलियाली नागरिकता वितरण समारोह अनलाइन मार्फत Read Next

अस्ट्रेलियाली नागरिकता वितरण समारोह अनलाइन मार्फत