सनराइज बैंककाे सीइओमा जनकराज शर्मा

काठमाडाैं । सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिले सर्वसम्मत रुपमा पौडेललाई ४ वर्षका लागि सीइओमा नियुक्ति गरेकाे हाे ।

 

६ महिनाअघि ग्लोबल आइएमई बैंकबाट पाैड्यालले राजीनामा गरेका थिए । उनीसँग लामो समयको बैंकिङ अनुभव रहेको छ । नविल बैंकबाट करिअर सुरु गरेका पौड्याल एनआइसी एसिया बैंक हुँदै ग्लोबल आइएमई बैंकमा डेपुटी सीइओ पछि १ वर्ष सीइओको समेत जिम्मेवारी समालेका थिए ।

 

केही समयअघि सनराइज बैंकमा निरजकुमार श्रेष्ठलाई नियुक्त गरेपछि सञ्चालक समितिको विवाद सतहमै आएको थियो । पछि श्रेष्ठले सनराइज नजाने निर्णय गरेपछि बैंकले सीइओमा पौड्याललाई नियुक्त गरेको हो ।

बाहिरी चक्रपथः कहाँ अड्कियो निर्माण प्रक्रिया Read Previous

बाहिरी चक्रपथः कहाँ अड्कियो निर्माण प्रक्रिया

यस्ताे अवस्थामा डुब्न सक्छ तपाईकाे सेयरको लगानी Read Next

यस्ताे अवस्थामा डुब्न सक्छ तपाईकाे सेयरको लगानी