काठमाडौं । हाल आधा सिलिण्डर मात्रै विक्री हुँदै आएको एलपी ग्यास बुधबार (चैत २६ गते) देखि फेरि भरी सिलिन्डर विक्री हुने भएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन घोषण गरेसँगै ग्यासको माग अधिक भएपछि नेपाल आयल निगमले चैत १६ गतेदेखि ग्यास उद्योगीहरुलाई भरी सिलिण्डर ग्यास विक्री गर्न रोक लगाएको थियो ।
अहिले ग्यासको मागमा समेत केही कमी आएको र भारतबाट निरन्तर ग्यास आइरहेकाले फेरि पूरा सिलिण्डर ग्यास बजारमा पठाउन लागिएको निगमले जनाएको छ ।
लकडाउनको समयमा पनि उपभोक्ताई ग्यास अभाव नहोस भनेर निगमले दैनिक विभिन्न ठाउँबाट ग्यास वितरण गर्दै आएको छ ।