कोरोना प्रभाव : भारतमा सांसददेखि राष्ट्रपतिसम्मको १ वर्षको तलब कटौती

कोरोना भाइरसले समग्र अर्थतन्त्रमा गिरावट ल्याएपछि भारत सरकारले सांसददेखि राष्ट्रिपतिसम्मको तलब कटौती गरेको छ ।

 

आज बसेको भारतको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय मन्त्री र हरेक सांसदको १ वर्षको तलब ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो । उक्त कटौती गरिएको रकम भारतको कन्सोलिडेटेड फन्डमा जम्मा हुनेछ ।

 

बैठकपछि सञ्‍चारकर्मीलाई ब्रिफिङ गर्दै संघीय मन्त्री प्रकाश जाभेदकरले सांसदसहित संघीय मन्त्रीको तलबमा एक वर्षका लागि ३० प्रतिशत कटौती गरेको जानकारी दिएका हुन् ।

 

उनले आजको मन्त्रिपरिषद्‌ बैठकले सन् १९५४ को सांसदको तलब, भत्ता र पेन्सनसम्बन्धी ऐनमा गरिएको संशोधन अध्यादेश पारित गरेको बताएका छन् । यो निर्णय अप्रिल १ देखि एक वर्षका लागि लागू हुने बताइएको छ ।

 

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले सांसदको निर्वाचन क्षेत्र विकास कोषलाई पनि २ वर्षका लागि रद्द गरिएको जनाइएको छ । भारतमा कोरोना भाइरसले पारेको असर र स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि उक्त कोष स्थगित गरिएको मन्त्री जाभेदकरले बताएका हुन् ।
एजेन्सी

बुधबारदेख भरी सिलिण्डर ग्यास विक्री हुने Read Previous

बुधबारदेख भरी सिलिण्डर ग्यास विक्री हुने

तराई मधेश द्रुतमार्ग निर्माणमा खर्चै हुन सकेन, कोरोना असरले अवस्था झन् नाजुक Read Next

तराई मधेश द्रुतमार्ग निर्माणमा खर्चै हुन सकेन, कोरोना असरले अवस्था झन् नाजुक