काठमाडौं । सरकारले लकडाउन १ साताका लागि थप गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले पनि सरकारलाई लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले लकडाउनको समयावधि थप गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यस्तै, दोस्रो पटकमा त्यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्याइएको थियो ।
हाल नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने सरकारले पनि नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताइसकेको छ ।