राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी  अधिकृत महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्व गठित सिफारिस समितिले नयाँ गभर्नरका लागि महाप्रसाद अधिकारी, अर्थमन्त्रालयका पूर्वसचिव राजन खनाल र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नाम सिफारिस गरेको थियो ।

 

समितिको सिफासिर अनुसार अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा गभर्नर नियुक्ति गर्नका लागि प्रस्ताव पेश गरेका थिए । सिफारिस तीन व्यक्तिमध्ये मन्त्रिपरिषद्ले अधिकाराीलाई गभर्नरमा नियुक्त गरेको हो ।

 

राष्ट्र बैंकमा ५ वर्षे कार्यकाल पूरा गरी डा. चिरञ्जीवि नेपाल चैत ४ गते राष्ट्र बैंकबाट अवकाश भएका थिए । त्यसयता गभर्नरको पद रिक्त थियो ।

 

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ । उनले ५ वर्ष डेपुटी गभर्नरको रुपमा समेत काम गरेका थिए ।

भारतीय अर्थतन्त्र स्वतन्त्रता  पछिकै सबैभन्दा जटिल अवस्थामा : रघुराम राजन Read Previous

भारतीय अर्थतन्त्र स्वतन्त्रता पछिकै सबैभन्दा जटिल अवस्थामा : रघुराम राजन

लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय Read Next

लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय