भारतीय अर्थतन्त्र स्वतन्त्रता पछिकै सबैभन्दा जटिल अवस्थामा : रघुराम राजन

भारतीय रिर्जभ बैंकका पूर्व गर्भनर रघुराम राजनले भारतीय अर्थतन्त्र अहिले स्वतन्त्रता पछिकै सबैभन्दा चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । उनले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी भन्दा अहिलेको अवस्था निकै संगिन रहेको बताएका छन् ।

 

‘सन् २००८ मा पनि बजारको मागमा ठूलो गिरावट आएको थियो । तर, कामदारहरु काममा जान पाएका थिए । हाम्रा व्यवसायहरु विगतका धेरै वर्ष देखि राम्रो बृद्धि गर्दै आएका थिए । वित्तिय क्षेत्र बलियो थियो । र, सरकारको पनि वित्तय क्षमता राम्रो थियो । तर, अहिले यस्तो कुनै पनि अवस्था छैन,’ राजनले आइतबार ब्लगमा लेखेका छन् ।

 

उनले अत्तिएर बस्नु पर्ने अवस्था पनि नरहेको बताएका छन् । रणनीतिहरु र प्राथमिकताहरु राम्रोसँग तय गर्न सकेको खण्डमा भाइरस माथी विजय प्राप्त गर्नुका सथै अझै आशावादी भविष्य निर्माण गर्न सकिने समेत उनले बताएका छन् ।

 

तर, यसका लागि सरकारले यस्ता समस्यासँग जुध्न क्षमता भएका मानिसहरुको भने खाजी शुरु गर्नुपर्ने उनले बताएका छन् । क्षमतावान मानिस भए प्रतिपक्षबाट ल्याउन पनि हिच्किचाउन नहुने सल्लाह उनले सरकारलाई दिएका छन् ।

 

‘प्रधानमन्त्री कार्यालयबाट मात्रै सबै काम गर्ने हो भने यस्तो समस्याबाट त्राण पाउन सकिन्न’, राजनले भनेका छन् ।

 

अहिले लकडाउनले भाइरससँग लड्ने रणनीति बनाउन बनाउन केही समय दिएको बताएका राजनले लकडाउनको समयमा भाइरस नियन्त्रण नभए के गर्ने भनेर पनि रणनीति बनाउन तर्फ लाग्नु पर्ने औंल्याए ।

 

लामो समयसम्म सबैतिर लकडाउन गर्नुभन्दा कम जोखिमपूर्ण ठाउँहरुमा पर्याप्त सजगताका साथ बिस्तारै लकडाउन खुकुलो बनाउँदै लैजाने तर्फ पनि सरकारले सोच्दै जानुपर्ने विचार राजनले व्यक्त गरेका छन् ।

 

‘बलिया र निरोगी युवाहरुले निश्चित सामाजिक दुरी कायम गरेर काम शुरु गर्न सक्छन्,’ राजन लेख्छन् ।

 

राजनको विचारमा अहिले भारततीय अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या भनेको सिमित वित्तय स्रोत हो । त्यसैले आवश्यकताका आधारमा प्राथमिकताहरु तय गर्नु नै सबैभन्दा प्रभावकारी बाटो हो ।

 

भारत अहिले यो समस्यामा ठूलो बजेट घाटाका साथ परेको छ । लगानीकर्ताहरुको पनि विश्वास गुम्दै गएको अवस्था थियो । मुद्राको सटहि दर पनि घट्दै गएको थियो र दिर्घकालिन व्याजदर बढ्दो थियो ।

 

यस्ता आर्थिक जटिलताको समयमा आइपरेको यो महामारीसँग जुध्नको लागि कम महत्वपूर्ण वस्तुहरुमा खर्च घटाउनुपर्ने सुझाव पूर्वगर्भनर राजनले दिएका छन् ।

अब क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन मोबाइल एपबाटै Read Previous

अब क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन मोबाइल एपबाटै

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त Read Next

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त