सस्तोडिल डटकमले अत्यावश्यक सामग्री घरमै डेलिभरी गर्ने

काठमाडौं । ई–कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको बेलामा अत्यावश्यक वस्तु घरैमा डेलिभरी सेवा सुरु गरेको छ। उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा आफूलाई आवसामग्री अर्डर गरेपछी सो सामान कम्पनीले घरमै ल्याइदिनेछ ।

 

कम्पनिले काठमाडौ उपत्यकाभित्र मात्रै यो सेवा दिएको कम्पनिका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ। अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न्।

 

पैसाबाट समेत कोभिड १९ सर्न सक्ने भएकोले नगद भन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरिएको थपाले बताए। क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिन्छ। सेल पेबाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा १० थान मास्क निःशुल्क प्राप्त गर्नेछन्।

 

कोरोना राहत कोषमा एनएमबी बैंकको कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत र आइएमई पे मार्फत भुक्तानी गर्दा २५० रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए।

 

अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुविधा समेत रहेको छ।

यस्तो छ सार्क राष्ट्रहरुले कोरोनासँग लड्न ल्याएका पहिलो चरणको राहत कार्यक्रम Read Previous

यस्तो छ सार्क राष्ट्रहरुले कोरोनासँग लड्न ल्याएका पहिलो चरणको राहत कार्यक्रम

नेपाल र भुटानबाहेक दक्षिण एशियाका ६ देशलाई विश्व बैंकको आर्थिक सहयोग Read Next

नेपाल र भुटानबाहेक दक्षिण एशियाका ६ देशलाई विश्व बैंकको आर्थिक सहयोग