काठमाडौं । विश्व बैंकले नेपाल र भुटानबाहेक दक्षिण एशियाका ६ देशलाई आर्थिक सहयता उपलब्ध गराएको छ ।
विश्व बैंकले कोरोना विरुद्ध लड्नका लागि दक्षिण एशियाका अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले आर्थिक सहायता उपलब्ध गराएको हो ।
कोरोना भाइरसका कारण तत्काल स्वास्थ्य समस्या भएका मुलुकहरुलाई सहयोग गर्ने उद्देश्यले विश्व बैंकले मार्च १७ मा पारित गरेको फास्ट ट्र्याक फेसिलिटी (एफटीएफ) अन्तर्गत सहायत उपलब्ध गराएको हो ।
विश्व बैंकले पहिलो चरणमा अप्रिल २ मा २५ वटा मुलुकहरुलाई १९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो ।
यस सहायता योजनाअन्तर्गत अफ्रिकाका १० मुलुक, पूर्वी एशिया र प्यासेफिकका कम्बोडिया र मंगोलिया, युरोप र सेन्ट्रल एशियाका किर्गिस्तान र ताजकिस्तान, ल्याटिन अमेरिका र क्यारेबियनका अर्जेन्टिना, इक्वेडर, हाइटी र पाराग्वे, मध्यपूर्व र उत्तर अफ्रिकाका जिबउटी र यमन परेका छन् ।
विश्व बैंकले विश्वभर १७ अर्ब अमेरिकी डलर बराबरको महामारीलगायतका विपदका विषयमा सहायता उपलब्ध गराउने विषयमा काम भइरहेको जनाएको छ ।