एनआइसी एशियामा अनलाइन खाता खोलेर कारोबार गर्दा ५०० रुपैयाँ फिर्ता

काठमाडौं । एनआइसी एशिया बैंकले यस बैंकमा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ।

 

एनआइसी एशिया बैंकको आधिकारीक वेबसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्ने बैंकले बताएको छ।

 

खाता खोलिसकेपछि पाएको खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेछन्।

 

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ। जसले गर्दा ग्राहकलाई वार्षिक १४ हजार फाइदा हुने बैंकको भनाइ छ।

 

अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ।

 

यसबाहेक देशभरका २५ सय भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ।

 

यसको अतिरिक्त ग्राहकले मोबाइल बैंकिङ तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजारसम्मको रकम फिर्ता पाउनसक्ने बैंकले जनाएको छ।

 

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस विश्वभर फैलँदा, कोरोना बियरको भने उत्पादन नै बन्द Read Previous

कोरोना भाइरस विश्वभर फैलँदा, कोरोना बियरको भने उत्पादन नै बन्द

उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४२३७ सवारीसाधन नियन्त्रणमा Read Next

उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४२३७ सवारीसाधन नियन्त्रणमा