उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४२३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरसको संत्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ४ हजार २ सयभन्दा बढी सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन शुरु भए (चैत्र ११ गते) देखि आज बिहान १० बजेसम्ममा काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४ हजार २३७ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । त्यस मध्ये ३ हजार ८४२ वटा दुईपाङ्ग्रे र ३९५ वटा चारपाङ्ग्रे सवारी रहेका छन् ।

 

ट्राफिक प्रहरीले आज बिहानमात्रै १४० सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मध्ये १३१ वटा दुईपाङ्ग्रे र ९ वटा चारपाङ्ग्रे सवारी रहेका छन् ।

 

लकडाउनको आज १३ औं दिन चलिरहँदासम्म मानिसहरुले लकडाउन उल्लंघन गर्न छाडेका छैनन् । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले पहिलोचरणमा यही चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन लागू गरेको थियो भने दोस्रो चरणमा चैत २५ गते राति १२ बजेसम्मका लागि तोकेको थियो ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबैमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कनहुन हार्दिक अनुरोध गरेको छ । त्यस्तै अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेक सबै प्रकारका सवारी साधन संचालन नगर्न समेत अनुरोध गरेको छ ।

एनआइसी एशियामा अनलाइन खाता खोलेर कारोबार गर्दा ५०० रुपैयाँ फिर्ता Read Previous

एनआइसी एशियामा अनलाइन खाता खोलेर कारोबार गर्दा ५०० रुपैयाँ फिर्ता

चौरीको दूधबाट ५० मेट्रिकटन चीज बनाउँदै डीडीसी Read Next

चौरीको दूधबाट ५० मेट्रिकटन चीज बनाउँदै डीडीसी