माछापुच्छ्रे बैंकद्धारा कोरोनाको संक्रमण रोक्न १ करोड ६ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न १ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ ।

 

बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५१ करोड उपलब्ध गराउने घोषणा गरेको छ ।

 

यस्तै सात वटै प्रदेश सरकारलाई ५/५ लाखका दरले कुुल ३५ लाख रुपैयाँ रकम सहयोग हस्तान्तरण गरिसकेको छ । बैंकले बिहीबार सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

 

यसअघि बैंकले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै काठमाण्डौं महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौं र भक्तपुरका भीडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो ।

 

साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदूुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख खर्च भएको जनाएको छ ।

 

बैंकले कोरोना विरुद्ध देशभरका अभियानलाई सघाउन संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै १ करोड ६ लाख सहयोग गरेको हो ।

 

मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा हुने Read Previous

मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा हुने

हतारमा भ्रमण वर्ष सचिवालय विघटन गर्दा समस्या आउन सक्ने सरोकारवालाको भनाइ Read Next

हतारमा भ्रमण वर्ष सचिवालय विघटन गर्दा समस्या आउन सक्ने सरोकारवालाको भनाइ