सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क सित्तैमा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले ई–कमर्स प्लेटफर्म सस्तोडिलसँग सहकार्य गरेको छ।

 

सेलपेको ग्राहकहरुले सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन्।

 

सस्तोडिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ। यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दूरी कायम गर्न थप मद्दत पुग्नेछ।

 

सेलपेबाट विभिन्न दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सकिन्छ।

टेलिकमको लकडाउन अफर : १ जीबी डाटा किन्दा ३ जीबी बोनस पाइने Read Previous

टेलिकमको लकडाउन अफर : १ जीबी डाटा किन्दा ३ जीबी बोनस पाइने

अस्ट्रेलियन वैज्ञानिकले शुरु गरे कोरोना भाइरसको खोप परीक्षण Read Next

अस्ट्रेलियन वैज्ञानिकले शुरु गरे कोरोना भाइरसको खोप परीक्षण