अस्ट्रेलियन वैज्ञानिकले शुरु गरे कोरोना भाइरसको खोप परीक्षण

अस्ट्रेलियाका वैज्ञानिहरुले कोरोना भाइरसविरुद्धको दुईवटा सम्भावित खोपको परीक्षण सुरु गरेका छन् । अक्सफोर्ड विश्‍वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फार्मास्टिकलहरुले बनाएको खोप विश्‍व स्वास्थ्य संगठनले जनावरमा परीक्षणका लागि पठाइएको बताइएको छ ।

 

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान नियोगले यदि उक्त खोपले काम गरे र मानिसका लागि पनि सुरक्षित हुनसक्ने जनाएको छ । गत महिना पहिलोपटक कोरोनाविरुद्धको खोपको मानव परीक्षण अमेरिकामा गरिएको थियो । तर, उक्त खोप अन्य जनावरमा भने परीक्षण गरिएको थिएन ।

 

विश्वभरका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको विकास गरिरहेका छन् ।तर, अस्ट्रेलियाको कमनवेल्थ वैज्ञानिक र औधोगिक अनुसन्धान संस्था ९सीसीरो० ले आफ्नो परीक्षण पहिलो बृहत पूर्व-क्लिनिकल परीक्षण भएको जनाएको छ ।

 

‘सामान्यतयास् यो खोपको विकासका लागि एकदेखि दुई वर्ष लाग्छ । तर हामीले केही महिनामा यसलाई विकास गरेर अन्तिम रुप दिने प्रयत्‍नमा छौं,’ सीसीरोका प्रमुख डा. रोब ग्रिनफेलले बीबीसीसँग कुरा गर्दै बिहीबार भने ।

 

विगत केही दिनदेखि सीसीरोले उक्त खोप फेरेट् जातको सानो स्तनधारीमा लगाइएको छ । उनीहरुमा पनि मानिसजस्तै कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो ।

 

सार्स कोभ-२ एक भाइरस हो जसले कोभिड-१९ को संक्रमण गराउँछ । अहिले कम्तिमा २० वटा खोपको विकासको क्रम चलिरहेको छ । जनावरमा गरिएको परीक्षणको नतिजा यहि जुन पहिलो सातसम्म आउने वैज्ञानिकहरुले बताएका छन् ।

 

जनावरमा सफल भयो भने उक्त खोपलाई अन्य चिकित्सकीय परीक्षण गरिने बताइएको छ ।

-बीबीसी

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क सित्तैमा पाइने Read Previous

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क सित्तैमा पाइने

नेपालमा छैटौं कोरोना संक्रमित भेट्टियो Read Next

नेपालमा छैटौं कोरोना संक्रमित भेट्टियो