नेपालमा छैटौं कोरोना संक्रमित भेट्टियो

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप एक जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

कोरोना भाइरसको आशंकामा हालसम्म १ हजार १८४ जनाको नमूना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । नयाँ संक्रमित चैत ४ गते कतारबाट आएको जानकारी दिइएको छ ।

 

नेपालमा पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि गरिएको थियो । चीनबाट आएका पहिलो संक्रमित व्यक्ति  अहिले निको भएर घर फर्किसकेका छन् भने बाँकी ४ जनाको अहिले आइसोलेसनमा उपचार भइरहेको छ।

 

जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।

अस्ट्रेलियन वैज्ञानिकले शुरु गरे कोरोना भाइरसको खोप परीक्षण Read Previous

अस्ट्रेलियन वैज्ञानिकले शुरु गरे कोरोना भाइरसको खोप परीक्षण

मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा हुने Read Next

मन्त्रीहरुको १ महिनाको तलब कोरोना कोषमा जम्मा हुने