टेलिकमको लकडाउन अफर : १ जीबी डाटा किन्दा ३ जीबी बोनस पाइने

काठमाडौं । नेपाल टेलिकमले आजदेखि यही २६ गतेसम्म लागू हुनेगरी विशेष बोनस अफर ल्याएको छ । टेलिकमले जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ।

 

नेपाल सरकारले चैत १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णयअनुसार यस्तो व्यवस्था गरेको हो।टेलिकमको उक्त व्यस्थाअनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ।

 

सात दिनका लागि जीएसएम सेवामा डाटा प्याकमा बोनस उपलव्ध गराउने टेलिकमले निर्णय गरेको छ।सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ। प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ।

 

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ। प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ। यसरी १ सयमा बोनस सहित कुल ४ जीबी र २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ।

 

यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ। सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध पाइनेछ।

 

दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० मा खरिद गर्दा ९५ मिनेट बोनस पाइनेछ। यसरी २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त टेलिकमले बताएको छ।

 

टेलिकमले आगामी बैशाख मसान्तसम्म महसुल ढिलो तिरेवापत लाग्ने जरिवाना समेत मिनाहा गर्ने निर्णय गरेको छ।

कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्न अब कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने Read Previous

कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्न अब कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क सित्तैमा पाइने Read Next

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क सित्तैमा पाइने