काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । यो अहिलेसम्म गरिएको सहयोग मध्येकै ठूलो रकम हो ।
निगमको सञ्चालक समितिको बुधबार बसेको बैठकले विश्वव्यापी महामारीको विपत्सँग लड्न सरकारले खडा गरेको कोषमा सो रकम बराबरको सहयोग गर्ने निर्णय गरेको हो ।
निगमले ५० करोड रुपैयाँ बराबरको चेक बिहीबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको छ ।
