मेडिकल सामग्री लिन फेरि चीन गयो वाइड बडी जहाज

काठमाडौं । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।

 

कोरोना भाइरस (कोडिभ-१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

 

यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ । यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।

 

देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।

पैसाको हिसाबकिताब गरेर जनता मरे मरुन् भन्न त भएन नि : उपप्रधानमन्त्री पोखरेलको अन्तर्वार्ता Read Previous

पैसाको हिसाबकिताब गरेर जनता मरे मरुन् भन्न त भएन नि : उपप्रधानमन्त्री पोखरेलको अन्तर्वार्ता

कोरोना कोषमा आयल निगमले दियो ५० करोड Read Next

कोरोना कोषमा आयल निगमले दियो ५० करोड