नेपाल बैंकले सातै प्रदेशलाई ५/५ लाख दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई ५/५लाख गरी ३५ लाख सहयोग गर्ने भएको छ ।

 

विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

 

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घीय सरकारको राहत कोषमा १ करोड सहयोग गरेको थियो ।

कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : राष्ट्रसंघ Read Previous

कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : राष्ट्रसंघ

अमेरिकामा विश्‍वकै २१ प्रतिशत कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै प्रभावित १० देश Read Next

अमेरिकामा विश्‍वकै २१ प्रतिशत कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै प्रभावित १० देश